धादिङ ३१ आषाढ
सम्बृद्ध नीलकण्ठ नगरको आधार, कृषि, पर्यटन, उद्यमशीलता सहितको पूर्वाधार भन्ने मूल नारा बोकेको नीलकण्ठ नगरपालिका धादिङले मङ्गलबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा नं. ६ को कार्यालय सुनौलाबजारमा आयोजित सार्वजनिक सुनुवाईमा नगर प्रमुख भिम प्रसाद ढुङ्गाना, उप प्रमुख मनराज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल, नगरपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले आर्थिक वर्ष २०७६÷०७७ को लागि विनियोजित बजेट, विकास निर्माण, सडक, खानेपानी, स्वास्थ्यका क्षेत्रमा केन्द्रीत रहेर आफ्ना प्रश्नहरु राखेका थिए । सहभागीहरुले राखेका जिज्ञासामा वडा अध्यक्षहरु, प्रमुख कार्यकारी अधिकृत, नगर उप प्रमुख र प्रमुखले जवाफ दिएका थिए ।
आफ्नो धारणा राख्ने क्रममा नगर प्रमुख ढुङ्गानाले तिर्खामुक्त र काठेपोलमुक्त नगर निर्माण सहित नगरपालिका भित्रका प्रत्येक वडाहरुमा बाह्रै महिना चल्ने मोटरबाटो पु¥याउने लक्ष्य नगरपालिकाले राखेकाले सबैलाई सहयोग, सकारात्मक सुझावको अपेक्षा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस