धादिङ ०१ असार
विश्व रक्तदाता दिवसको अबसरमा निलकण्ठ बहुमुखी क्याम्पसमा निशुल्क रक्त समूह परिक्षण तथा रक्तदान सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सामजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको आयोजनामा भएको शिविरमा २०३ विद्यार्थीको रक्त समूह परिक्षण गरिएको छ ।
रोजगार परामर्श तथा विद्यार्थी सहायता समिती नीलकण्ठ बहुमुखी क्याम्पसको सहआयोजनामा भएको शिविरमा युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको सहकार्य रहेको थियो भने नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । शिविर बिहिबार पनि चल्ने नेपाल रेडक्रस सोसाइटी रक्त सेवा केन्द्र धादिङको उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस