धादिङ ३१ जेष्ठ
विश्व खुल्ला रक्तदाता दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड धादिङबेशीको आयोजना तथा सामाजिक रुपान्तरणका लागि स्थानीय प्रयास नेपालको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र १७ पुरुष गरि २३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सेवा केन्द्र धादिङको उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस