धादिङ २८ जेष्ठ
धादिङका निर्माण सामाग्री व्यवसायीहरुको संगठन, निर्माण सामाग्री व्यवसाय संघ धादिङको अध्यक्षमा नविनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा अर्जुन रुपाखेती, सचिवमा रोहित भण्डारी, कोषाध्यक्षमा सन्तोष गिरी रहनुभएको छ ।
संघको तदर्थ समितिका संयोजक ध्रुव बहादुर थापाको अध्यक्षतामा भएको अधिवेशनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाको प्रमुख अतिथ्य रहेको थियो भने निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री, धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्द श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस