नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ ।
प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको बताएका छन् । ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ ।
प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । के गर्ने के नगर्ने भइरहेको छ ।’ घिसिङले भने । उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ।दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालू अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको उनको भनाइ छ ।
‘हाम्रो दुईवटा सर्किटमा एउटा मात्रै चालू थियो एउटा बन्द थियो’, तामाङले भने, ति मान्छे चालूमा चढेको भए ठूलो दुर्घटना हुन्थ्यो, बन्दमा चढेकाले हल्लाखल्ला भयो र चालू सर्किट हामीले बन्द गर्नुपर्ने अवस्था आयो।’
नुवाकोटको ककनी गाउँपालिका ७ मा एक व्यक्ति झण्डै पाँच छ घण्टादेखि तारमै बसिरहेका छन्।
प्रतिक्रिया दिनुहोस