धादिङ २७
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयहरुमा सुझाव संकलनका लागि नीलकण्ठ नगरपालिकाले सरोकारवालाहरुसँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।
मेयर भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, नगरपालिकाभित्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा उत्पादनमूखी कार्यक्रमलाई जोड दिनुपर्ने, आन्तरिक स्रोतलाई बढावा दिनुपर्ने, प्रशासनिक खर्च कटौति गर्नुपर्ने, नगरपालिकामा आउने गुनासो व्यवस्थापन गर्नुपर्ने, स्थानीय विज्ञहरुसँग परामर्श तथा सुझाव लिनुपर्ने, बजारक्षेत्रको ट्राफिक व्यवस्थापन गर्नुपर्ने, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्नुपर्ने र टुक्रे योजना नियन्त्रण गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।
प्रतिक्रिया दिनुहोस