धादिङ २७
जिल्ला समन्वय समिति धादिङको प्रमुख, उपप्रमुख सहित सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकोमा प्रमुखमा नेकपा(माओवादी केन्द्र) बाट नवराज अधिकारी, उपप्रमुखमा नेकपा(एकीकृत समाजवादी)बाट कुलमान विश्वकर्मा र सदस्यहरुमा नेपाली कांग्रेसबाट सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी लगायत ७ जनाको मात्र उम्मेद्वारी परको मुख्य निर्वाचन कार्यालय धादिङ स्रोतले जानकारी दिएको छ ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मात्रै उम्मेद्वारी दिएका हुन् । समन्वयमा २ जना मात्र मतदाता रहेको नेकपा एमालेले भने कुनै पदमा उम्मेद्वारी नदिएको हो । ९ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको १२, नेकपा(माओवादी केन्द्र)को ८, नेकपा(एकीकृत समाजवादी)को ४ र नेकपा एमालेको २ जना मतादाता रहेका छन् ।
निर्वाचित भएको घोषणा भने निर्वाचन कार्यतालिका अनुसार जेष्ठ २९ गते नै हुने जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस