धादिङ २७
नीलकण्ठ–५, खाल्टेका हरि कुमार श्रेष्ठमाथि आक्रमण भएको छ । शुक्रबार दिउसो २ बजेको समयमा आफ्नै कार्यालयमा काम गरिरहेको अवस्थामा एक्कासी प्रवेश गरेर कांग्रेस कार्यकर्ता दिनेश थापा मगरले आक्रमण गरेको माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिनुभयो ।
नीलकण्ठ नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको अंगरक्षक समेत रहेका थापाले धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका हुन् । घाइते श्रेष्ठको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. ३ विचबजारमा कन्सलटेन्सी व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगर कमिटी सदस्य एवं योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगरपालिका वडा नं. ५ को अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस