धादिङ ३० आषाढ
नीजि क्षेत्रबाट सञ्चालित धादिङ जिल्लाकै पहिलो सुनगाभा एकेडेमीले सोमबार उन्नाइसौँ विद्यार्थी सम्मान तथा विदाइ समारोहको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलसी प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिवालय सदस्य नवराज ओझाको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ, चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठ, सुनगाभा एकेडेमीका प्रवन्ध निर्देशक रामहरि अधिकारी, प्रधानाध्यापक वद्रि लम्साल, सहायक प्रधानाध्यापक गोकर्ण अधिकारी, रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो । २०७५ सालको एस.इ.इ. परीक्षामा २३ जना विद्यार्थीहरु सहभागिता जनाएका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्रबन्घ निर्देशक रामहरि अधिकारीले सकारात्मक चिन्तन, लगनशीलताले सफलतातिर प्रवेश गराउने भन्दै विद्यालय र अभिभावकको अपेक्षा पुरा गर्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
यस्तै अर्का अतिथि कृष्णलाल श्रेष्ठले मिहिनेत गर्दै जाँदा सफलता हात पर्ने भएकाले नीजि विद्यालयका विद्यार्थीहरुमा पढाइमा मात्र एकोहोरो रटान हुन्छ भन्ने आरोप चिर्नका लागि अतिरिक्त क्रियाकलापमा पनि अग्रसर हुनुपर्ने बताउनु भयो ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोदमान श्रेष्ठले सुनगाभा एकेडेमी र चिल्डे«नपार्क आवासीय माध्यमिक विद्यालयको छुट्टै किसिमको सम्बन्ध रहेकाले कुनै पनि डिग्री र प्रमाणपत्र हात पार्दैमा सफलता प्राप्त गरिने होइन दक्ष र योग्य जनशक्ति बन्न सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले सिकेका राम्रा कुराहरुको अनुशरण गर्दै नराम्रा कुराहरु मनबाट हटाउन आग्रह गर्दै विद्यार्थीलाई उच्च शिक्षामा प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सन केन्द्रीय सचिवालय सदस्य नवराज ओझाले जिल्लाकै सबैभन्दा पुरानो सुनगाभा एकेडेमी सतीसालको रुपमा अडिग रहेको बताउँदै जस्तो जिपिए आए पनि आगामी शैक्षिक गतिविधिमा सफल बन्न सक्नुपर्ने बताउनु भयो ।
विद्यालयका शिक्षक कपिल जम्कट्टेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस