धादिङ २६ जेष्ठ
नेकपा माओवादी केन्द्र धादिङको जग्गा खरिद तथा भवन निर्माणका लागि हाल सम्म ५६ लाख ७५ हजार ३ सय ५२ रुपैया रकम संकलन भएको छ ।
जसमा रुबीभ्याली गाउँपालिकाबाट ५१ हजार १ सय १०, खनियाबास गाउँपालिकाबाट ५५ हजार, गंगाजमुना गाउँपालिकाबाट ६ लाख ४३ हजार १ सय, त्रिपुरा सुन्दरी गाउँपालिकाबाट ३ लाख ३२ हजार १ सय ५, नेत्रावती डबजोङ गाउँपालिकाबाट १ लाख ५५ हजार, नीलकण्ठ नगरपालिकाबाट १४ लाख ७९ हजार ७ सय ७९, ज्वालामुखी गाउँपालिकाबाट ७१ हजार १ सय २० रकम प्राप्त भएको छ ।
त्यस्तै, सिद्धलेक गाउँपालिकाबाट ११ हजार, बेनिघाट रोराङ गाउँपालिकाबाट ५ लाख ४७ हजार ६ सय, गजुरी गाउँपालिकाबाट ३ लाख ७२ हजार, गल्छी गाउँपालिकाबाट १ लाख ७७ हजार ३ सय ६१, थाक्रे गाउँपालिकाबाट २ लाख ६६ हजार १ सय ११, धुनिबेसी नगरपालिकाबाट ३ लाख ९९ हजार ८ सय ६६, धादिङ पोखरा जनसम्पर्क मञ्चद्धारा १ लाख १४ हजार २ सय र सिआईजी वैद्य इन्भबाट १० लाख रकम संकलन भएको छ ।
माओवादी केन्द्र धादिङले धादिङबेसीमा जग्गा खरीद गरी भवन निमार्णको प्रक्रिया अगाडी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस