धादिङ २५ जेष्ठ
धादिङमा सत्ता गठबन्धनका दलको बैठक सम्पन्न भएको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्ष्यतामा बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकले भागबण्डा टुंग्याएका हुन् । बैठकले जिल्ला समन्वय समिति धादिङको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी र ७ सदस्य कांग्रेसलाई दिने निर्णय गरेको छ ।
बैठकमा काँग्रेसबाट दिलमान पाख्रिन, रमेश धमाला, हरि अधिकारी, भिमप्रसाद ढुङ्गाना, विश्व अर्याल, माओवादीबाट शालिकराम जमकट्टेल, बिजय बुर्लाकोटी, मनराज भण्डारी, दिपक लामिछाने र समाजबादीबाट गुरु प्रसाद बुर्लाकोटी, सुवास खतिवडा र कुलमान वि.कको उपस्थिती रहेको थियो ।
धादिङमा समन्वय समितिको निर्वाचन जेष्ठ २९ गते हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस