कृष्ण बहादुर लामिछाने, गोर्खा
लामिछाने बन्धु समाज गोर्खाको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
लामिछाने बन्धु समाज गोर्खाको अध्यक्ष बाल कृष्ण लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय अध्यक्ष महेश्वर लामिछानेको विशेष आतिथ्यता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश सांसद लामिछानेले गर्ग गोत्रिय लामिछानेका पुर्खा शिध्ध पुरुष दुल्लभको सत्यतथ्य इतिहास खोज गरि दुल्लभको बासस्थान रहेको तान्द्राङकोटलाई दुल्लभ विकास कोषको स्थापना गरि सो कोष मार्फत तान्द्राङकोटलाई दुल्लभ धाम बनाई दुल्लभ क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले सो कार्यको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
चौथो अधिवेशनबाट यदु प्रसाद लामिछानेको अध्यक्षता रहने गरि ११ सदस्यीय नयाँ कार्यसमीती गठन गरेको छ । जसको उपाध्यक्षमा इश्वरी प्रसाद लामिछाने, सचिवमा रामचन्द्र लामिछाने, कोषध्यक्षमा सुब्बिनी लामिछाने र सहसचिवमा भगवती लामिछाने चयन हुनुभएको छ ।
कार्यक्रममा केन्द्रिय महासचिव खडानन्द लामिछाने लगायत बाग्लुङ, पर्वत, कास्कि, नवलपरासि र चितवन जिल्ला समीती प्रतिनिधिहरु, गोर्खा जिल्लाका सदस्यहरु र गोर्खा जिल्लाको विभिन्न पालिकाको लामिछाने बन्धुहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस