सत्ता गठबन्धनमा आगामी वर्षको बजेट पारित नभएसम्म मन्त्रिपरिषद् फेरबदल नगर्नेसहमति भएको छ । यससँगै नेकपा एकिकृत समाजवादी पार्टीले सिफारिस गरेका चार जनाले तत्काल मन्त्रीको शपथ लिन नपाउने भएका छन् ।
संसदमा बजेटको मन्त्रालयगत छलफल शुरू भएको अवस्थामा मन्त्रीहरूले जवाफ नदिई फेरबदल गर्नु संसदीय परम्परा विपरीत हुने भन्दै मन्त्रिपरिषद् फेरबदल तत्कालका लागि स्थगित भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको हो ।
नेकपा एसले स्वास्थमन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस