धादिङ २२ जेष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँकार्यपालिकाको पहिलो बैठक आज बसेको छ । आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले ५ ओटा निर्णयहरु गरेको छ ।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतमा सम्पन्न कार्यपालिकाको बैठकले पालिकामा रहेका मतदाताको संख्या बराबरको संख्या वृक्षारोपण गर्ने निर्णय गरेको छ ।
यस्ता छन् बैठकका निर्णयहरु :
१. गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रसुतीका लागि भर्ना भई सुत्केरी हुन समस्या भएका गर्भवती महिलालाई अन्य स्वास्थ्य संस्थाहरुमा लानुपर्ने अवस्थमा एम्बुलेन्स भाडा गाउँपालिका तर्फबाट प्रदान गरिने ।
२. माध्यामिक तह सम्म शिक्षा पूर्ण रुपमा निस्शुल्क गरिने र कुनै पनि बहानामा शुल्क उठाउन नदिईने ।
३. गाउँपालिकाका वडा कार्यालयहरु सडक संजान सँग जोडिने ।
४. मतदाता संख्यामा बराबर वृक्षारोपण गरिने ।
५.जनगुनासो तथा सुझावहरु संकलनका लागि २४ सै घण्टा संचालन हुने गरी हटलाइन टेलिफोन सेवा संचालन गर्ने ।
प्रतिक्रिया दिनुहोस