प्रशान्त ढउन्या
धादिङ २१ जेष्ठ
श्री जनभावना आधारभुत विद्यालय नीलकण्ठ नगरपालिका वडा नं १० ज्यामरुङ र श्री जनज्योति आधारभुत विद्यालय त्रिपुरा सुन्दरी गाउपालिका ७ सुकौरामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
टुकि नेपाल समाजको आयोजना र पोखराकी डाक्टर बेबिना श्रेष्ठको नेतृत्वमा आउनुभएका स्वास्थ्यकर्मीहरुको टिमले दात भर्ने , दात ओखल्ने र दात सम्बन्धि स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो भने शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई मन्जन र ब्रस निशुल्क बितरण गरिएको थियो । विहिबार र शुक्रबार भएको दन्त शिविरमा १ सय ५ जनाले सेवा लिएका थिए ।
टुकि नेपाल समाजले विद्यालयमा अध्यनरत बिद्याथिहरुको लागि २०६ साल देखि प्रत्येक वर्ष दन्त शिविर र जनरल स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस