धादिङ २१ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिकामा बहूप्राविधिक शिक्षालय स्थापनाका लागि नीलकण्ठ नगर उप–प्रमुख दिपक विश्वकर्माले पहल थालेका छन् । नगरकार्यपालिकाको पहिलो बैठकमै नगरपालिकामा बहूप्राविधिक शिक्षालय स्थापना गर्नका लागि उप–प्रमुख विश्वकर्मालाई नेतृत्व दिइएको थियो ।
सोही कार्यलाई पूर्णता दिनका लागि विश्वकर्माले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई भेटेर बजेट व्यवस्थापनको लागि लिखित रुपमा आग्रह गरेका हुन् । नगरपालिकाभित्र बहू प्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सो कार्यमा आफू लागेको विश्वकर्माको भनाइ छ ।
भेटघाट कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कल्पना धमला र एकीकृत एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी समेतको सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा माओवादी केन्द्रका नेता समेत रहेको शिक्षामन्त्री पौडेलले आफू उक्त प्रस्तावप्रति सकारात्मक रहेको र बजेट व्यवस्थापन गर्ने वचनवद्धता समेत व्यक्त गरेको विश्वकर्माले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस