धादिङ १९ जेष्ठ
नीलकण्ठ माध्यामिक विद्यालयको ४८ औँ वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार सम्पन्न कार्यक्रममा स्थानीय तह निर्वाचनमा निर्वाचित नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, उपमेयर दिपक विश्वकर्मा लगायत नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता रहेको कार्यक्रममा नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहको थियो भने नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको विशेष आतिथ्य र उप प्रमुख दिपक विश्वकर्मा आतिथी रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपमेयर विश्वकर्माले विद्यालयको सर्वाङ्गीण विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालयमा थप गर्नुपर्ने विकासका कार्यहरुको बारेमा अभिभावक, शिक्षक र विद्यार्थीहरुले सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।
त्यस्तै मेयर ढुङ्गानाले देश विकासको निम्ति शिक्षामा ठुलो लगानी गर्नुपर्ने भन्दै नगरपालिकाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको बताउनुभयो ।
कार्यक्रमको अवसर पारि शैक्षिक सत्र २०७८ सालको परीक्षामा उर्तिण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न ४ विधामा उत्कृष्ट शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो । जसमा प्राथमिक तहमा मेनुका अधिकारी, निम्न माध्यामिक तहमा राजकुमार श्रेष्ठ, माध्यामिक तहमा दिपक सिटौला र उच्च माध्यामिक तहमा मधु पोखरेल रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस