धादिङ १८ जेष्ठ
धादिङ उद्योग वाणिज्य संघको पद हस्तान्तरण एवं सम्मान तथा बधाई कार्यक्रममा सम्पन्न भएको छ । बुधबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्रीले नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद थपलियालाई निर्णय पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नुभएको हो ।
निवर्तमान अध्यक्ष खत्रीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्य तथा विशेष अतिथिहरुमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी लम्सालले नवनिर्वाचित सदस्यहरुले जिल्लाको व्यवसायलाई थप विकास गर्दै बजार अनुगमनलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ ।
त्यस्तै प्रमुख अतिथि श्रेष्ठले उद्योग वाणिज्य संघले सदैव जिल्लाको व्यवसायीहरुको हकहितको लागि काम गर्ने गरेको भन्दै नवनिर्वाचित सदस्यहरुलाई नँया नँया कार्ययोजना बनाई काममा लागन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस