धादिङ १८ जेष्ठ
धादिङको सिद्धलेक गाउँकार्यपालिकाको चुनावमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बिजयी भएको छ ।
६ कार्यपालिका सदस्यका लागि बुधबार भएको चुनावमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी हुनुभएको छ । विजयी सबैले २०\२० मत ल्याएका थिए भने पराजित हुने कांग्रेसकी खिनमाँया श्रीमल, राममाया परियार, सुन्तली विक, र माओवादीकी सुक्लाकुमारी आलेमगरले १६\१६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट एकीकृत समाजवादीका श्याबहादुर घले २० मत र रस्मिता माझी १९ मत सहित विजयी हुनुभएको छ । भने पराजित माओवादीका मिना घले १६ , कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए भने माओवादीका खिनबहादुर विन्खेले शुन्य एक मत पनि प्राप्त गर्न सकेनन् ।
कार्यपालिकाको निर्वाचन सँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् । यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्याल सँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र ३ आज निर्वाचित सदस्य गरी १० बहुमत सदस्य रहने छन् ।
प्रतिक्रिया दिनुहोस