धादिङ १७ जेष्ठ
धादिङ जिल्लाको निलकण्ठ माध्यमिक विद्यालयमा निशुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सत्यदिप हेल्थ केयर प्रा लि धादिङको आयोजना र सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको सहकार्यमा निशुल्क रक्त समूह परिक्षण गरिएको हो ।
कक्षा ६ देखि कक्षा १२ सम्मको सबै विद्यार्थीहरूको रक्त समूह छुट्टयाएर विद्यार्थी परिचय पत्रमा समेत रक्त समूह समावेश गर्ने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द धादिङको उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस