धादिङ १७ जेष्ठ
धादिङको बेनीघाट रोराङ गाँउपालिका वडा नं। २ ब्रुसवाङ बासिले बस्ती स्थानान्तरण गर्न माग गर्दै मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएका छन् । ब्रुसवाङ खाद्य अधिकार समुहका संयोजक बुद्धिलाल ९प्रेम बशादुर० चेपाङद्धारा हस्ताक्षरित घोषणा पत्र मंगलबार मुख्य मन्त्री पाण्डेलाई बुझाइएको हो ।
घोषणा पत्रमा प्रति परिवार आवास सहित २ रोपनी जग्गा, खानेपानी, विजुली वत्ती, स्कुल र सडक भएको ठाँउमा छिटो भन्दा छिटो बसाई सारिनु पर्ने माग उल्लेख गरिएको छ । यदि बस्ती स्थानान्तरण नगर्ने हो भने प्रत्येक घर परिवारमा खानेपानी सहितको धारा निमार्ण गर्नुपर्ने, बाह्रै महिना प्रर्याप्त पोषणयुक्त खाना खान पाउने व्यवस्थाका लागि उत्पादनमूलक कार्यक्रम सञ्चालन हुनुपर्ने, जनता आवास कार्यक्रमबाट सवै घर बनाई दिनु पर्ने, आफूहरुले बुनेका डोका, भकारी विक्री गर्न बाहै महिना यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउनुपने, ब्रुसवाङलाई चेपाङ संरक्षण क्षेत्र घोषण गर्न र गाउँलाई पर्यटकीय क्षेत्र बनाउन पूर्वाधार निमार्णमा सहयोग गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।
उक्त गाँउमा ३६ घर चेपाङहरुको बसोवास रहेको छ । पहाडको चुच्चोमा बस्ति र भिरालो जमिन भएकोले उत्पादन कम हुने हुदाँ खाद्यन्न संकटको उच्च जोखिम भोग्न बाध्य भएको ब्रुसवाङबासीको भनाई छ ।
पटक पटक विभिन्न राजनैतिक दलका नेताहरुलाई ध्यानाकर्षण गराउदा पनि माग पुरा नभएको ब्रुसवाङबासीले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस