धादिङ १४ जेष्ठ
एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै स्थानीय निर्वाचन २०७९ मा नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक), गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा र थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा(जिन्दगी) रहनुभएको थियो ।
संगठनका अध्यक्ष खिल बहादुर धमलाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सह–सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो भने जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्य तथा शिक्षक नेता शंकर अधिकारी, निर्वाचित जनप्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस