काठमाडौँ १३ जेष्ठ
सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागेको छ । आपूर्ति मन्त्रालय स्रोतका अनुसार बजेटमा १० रुपैयाँ कर घटेर आउने छ । कुन कुन शीर्षकमा कर घटाउने भन्ने निर्णय भने हुन बाँकी छ । कर घटाउने प्रस्ताव मन्त्रिपरिषदमा आपूर्ति मन्त्रालयले लगेको हो । आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।
भन्सार र पूर्वाधार कर ५–५ रुपैयाँ घटाउने विषय अघि बढेको र स्थानीय निकायको निर्वाचनपछि मात्रै सरकारले दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । सरकारले अहिले पेट्रोल प्रतिलिटरमा भन्सार शुल्क २५ रुपैयाँ २३ पैसा र पूर्वाधार शुल्कबापत थप १० रुपैयाँ भन्सार बिन्दुमै उठाउने गरेका छ ।
आर्थिक वर्ष २०७६÷७७ मा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको बेला तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले डिजेल र पेट्रोलमा १५ रुपैयाँ पूर्वाधार कर वृद्धि गर्ने निर्णय लिनुभएको थियो । तत्कालिन समयमा गरिएको उक्त निर्णयले अहिले उपभोक्ताहरुमा समस्या आएको छ ।
प्रतिक्रिया दिनुहोस