धादिङ ११ जेष्ठ
प्रशान्त ढउन्या
नेत्रावती सामुदायिक क्याम्पस र अचने माध्यमिक विद्यालयले संयुक्त रुपमा त्रिपुरा सुन्दरी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
नेत्रावती सामुदायिक क्याम्पसको प्राङ्गणमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष सुमन धरेलले शैक्षिक क्षेत्र सुधार र विकासका लागि स्थानीय सरकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहने भएकाले पालिकाको समग्र शैक्षिक सुधारका लागि कार्यक्रम बनाएर लाग्न आग्रह गर्नुभयो ।
बधाई तथा सम्मान कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडा नं. ७ का अध्यक्ष सुवास अधिकारी, वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
आफ्नो ५ वर्षे कार्यकालमा नेत्रावती सामुदायिक क्याम्पसको शैक्षिक र भौतिक सुधार तथा विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस