धादिङ २९ आषाढ
जनकल्याण वचत तथा ऋण सहकारी संस्था वेनिघाट रोराङ गाउँ पालिका रिचोकटारमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको २३ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो । राजमार्ग क्षेत्रमा दैनिक सडक दुर्घटना भैरहने भएकाले घाइतेहरुलाई रगत अभाव हुन नदिनको लागि संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम गरेको आयोजकले बताएको छ । कार्यक्रममा पुरुष ९५ जना र महिला २७ जना गरी जम्मा १ सय २२ जनाले रक्तदान गरेका थिए । ४ वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको सहकारीले आइतबार भानु जयन्तीको अवसर पारी रक्तदान गरेको हो ।
कार्यक्रममा सहकारी संस्थाका सेयर सदस्य, स्थानीय स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरिएको हो । आर्थिक वर्ष २०७६ म २ हजर पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रले आफ्नो लक्ष्य पुरा गरेको र आर्थिक वर्ष २०७७ का लागि ३५ सय पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखेको रेडक्रस सोसाइटीका जिल्ला सदस्य तथा स्वयमसेवी रक्तदाता नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस