धादिङ ११ जेष्ठ
सुमन अधिकारी
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ का अध्यक्ष नवराज दुवाडीले पदभार ग्रहण गरेसँगै वडाभित्रका अशक्त, जेष्ठ नागरिक, जेष्ठ दलित, सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष दुवाडीले वडा कार्यालयमा सेवा सम्बन्धी जानकारीको लागि सेवाग्राहीले टेलिफोन गर्दा निःशुल्क हुने गरी टोल फ्रि नम्बर समेत १ हप्ताभित्रै राख्ने निर्णय गरेका छन् ।
अध्यक्ष दुवाडीले सहिदको रगत बगेको भूमीमा आफू जनप्रतिनिधिको रुपमा निर्वाचित भएको बताउँदै सहिदले देखाएको मार्गलाई आत्मसात गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । जनयुद्धको क्रममा साविकको धुवाकोट हालको नीलकण्ठ १४ बाट मात्रै ८ जना सहिद भएका थिए ।
१. धनेन्द्र तामाङ(आइत)
२. पदम बहादुर तामाङ(चट्याङ)
३. चन्द्र बहादुर तामाङ(प्रताप)
४. कौशिल्या तामाङ(महिमा)
५. फूलमाया तामाङ
६. हस्त बहादुर तामाङ(जीवन)
७. रिता श्रेष्ठ(रेजिना)
८. हरि कुमार श्रेष्ठ(लोकनारायण)
प्रतिक्रिया दिनुहोस