धादिङ १० जेष्ठ
धादिङको धुनिबेशि नगरपालिकाको वडा ६ मा निर्वाचित भएका वडा अध्यक्ष रमेश प्रसाद आचार्यले पदभार ग्रहण गरेसंगै आफ्नो ५ वर्षे कार्यकालको मुख्य प्राथमिकताका विषयहरु सार्वजनिक गरेका छन् । लामो समय स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरुमार्फत पत्रकारिता पेशामा रहेका आचार्यले जनयुद्धका सहिद बैकुण्ठनाथ रेग्मी(रोशन)को तस्विर कार्यकक्षमा राखी पदभार ग्रहण गरेका थिए ।
आचार्यले आफ्नो ५ वर्षे कार्यकालमा वडा भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, प्राविधिक विद्यालय सञ्चालन गर्ने, एक घर एक धारालाई पूर्णता दिने, जेष्ठ नागरिक, अपांग र अशक्तहरुलाई मासिक रुपमा घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने लगायतका महत्त्वपूर्ण कार्ययोजना अघि सारेका छन् ।
यस्तो छ वडा अध्यक्ष आचार्यले आफ्नो ५ वर्षे कार्याकालको मुख्य प्राथमिकताका विषयहरु :
१. ६ नम्बर वडामा रहेका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन पाठनको व्यबस्था यसै शैक्षिक सत्रदेखि सुरु गर्ने
२. कालिदेवी आधारभूत विद्यालयलाई स्तरोन्नती गरि १० कक्षासम्म पठनपाठन सञ्चालन गर्ने र प्राबिधिक विद्यालय सञ्चालनमा जोड दिने ।
३. एक घर एक खानेपानी धारा पुर्ण रुपमा लागू गरि सक्ने ।
४. बृद्धा, अपाङ र अशक्तहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण तत्काल सुरु गर्ने र आधारभूत औषधिहरु प्रभावकारी रुपमा स्वास्थ्य संस्थासंग समन्व्य गरी वितरण गर्ने ।
५. वडामा रहेको नौबिसे– कालिदेविस्थान र धार्के– बानियाटार सडकको स्तरोन्नती गर्ने ।
६. काली देबीथानमा होमस्टे सञ्चालन गराई धार्मिक तथा कृषि पर्यटन क्षेत्रको विकास गरी स्वरोजगारी बनाउनुका साथै स्थानीय उत्पादनको बजार प्रवद्धन गर्ने ।
७. धार्के चालिसेमा रहेको तरकारी संकलन केन्द्र सञ्चालको लागि सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक पहल कदमी गर्ने ।
८. वडा भित्रको बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउनुका साथै आवश्यक स्थानहरुमा सिसी क्यामेरा तथा सडक बत्तिको व्यवस्थापन गर्ने ।
९. महिला तथा किशोरीका लागि आत्मरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।
१०. स्थानीय उत्पादनहरुको बजारीकरण गरी आयातलाई प्रतिस्थापन गर्दै खाली रहेका जग्गाहरुलाई उचित रुपमा प्रयोगमा ल्याउने ।
११. शहरीकरण तथा अव्यवस्थित बजारीकरणलाई स्थानीय नागरिकको आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै लैजाने विषयमा मुख्य ध्यान दिने ।
प्रतिक्रिया दिनुहोस