धादिङ ०८ जेष्ठ
नेकपा(माओवादी केन्द्र) धादिङले स्थानीय तह निर्वाचन २०७९ मा गरिएको गठबन्धन सफल भएको जनाएको छ । आइतबार माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले एक विज्ञप्ती सार्वजनिक गर्दै सो कुरा बताउनु भएको हो ।
संयोजक भण्डारीद्धारा जारी विज्ञप्तीमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटी) बिच गठबन्धन गरी चुनावमा सहभागी भएको तथा केही पालिका र वडामा बाहेक जिल्लाभर गठबन्धन गरिएको अवगत गराउँदै उक्त निर्वाचनमा विजयी हुनुहुने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहित गठबन्धनका साझा उम्मेद्वारहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । भनिएको छ । यस्तै गठबन्धन तथा पार्टीका उम्मेद्वारलाई विजयी गराउन अहोरात्र खट्नुहुने गठबन्धन तथा पार्टी नेता, कार्यकर्ता र आम मतदाता एवं निर्वाचन सफल गराउनको निमित्त खटिनुहुने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा जिल्ला पार्टीको तर्फबाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौ । भनिएको छ ।
१३ वडा स्थानीय तह रहेको धादिङमा नेपाली कांग्रेसले ७ पालिका प्रमुख ५ उप–प्रमुख र ३६ वडा जित्दै पहिलो पार्टी बनेको छ भने ३ पालिका प्रमुख, ५ उप–प्रमुख सहित ३२ वडा जित्दै माओवादी केन्द्र दोस्रो दल बनेको छ । यस्तै नेकपा एमाले भने २ पालिका प्रमुख सहित २१ वडा जित्दै तेस्रो बनेको छ भने एकीकृत समाजवादी १ प्रमुख र ३ उप–प्रमुख सहित ६ वडा जित्दै चौथो भएको छ । यस्तै स्वतन्त्र ४, राप्रपा ४ र १ जना जसपाका उम्मेद्वार वडामा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस