धादिङ ०५ जेष्ठ
धादिङको १३ वटै स्थानीय तह र १०४ वडामा मतगणना सकिएको छ । शुक्रबार बिहान थाक्रे गाउँपालिकाको मत परिणाम आएसँगै धादिङ जिल्लामा मतगणना कार्य सकिएको हो ।
रुविभ्याली गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट माओवादी केन्द्रका रामसिं तामाङ अध्यक्षमा र नेपाली कांग्रेसका फे लामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।
खनियाबास गाउँपालिका अध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका रण बहादुर तामाङ अध्यक्षमा र माओवादी केन्द्रका सेक्केमान तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।
यस्तै गजुरी गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाटै नेकपा(माओवादी केन्द्र)का गणेशलाल श्रेष्ठ अध्यक्षमा र नेपाली कांग्रेसकी सर्मिला बिसुराल उपाध्यक्षमा विजयी भएकी हुन् ।
यस्तै नेत्रावती डबजोङमा नेपाली कांग्रेसका मेगनाथ रिजाल र उपाध्यक्षमा सीता चोदेन विजयी भएका छन् ।
गल्छी गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमालेका केदार खतिवडा र उपाध्यक्षमा नेपाली कांग्रेसका भाइकाजि तिवारी विजयी भएका हुन् ।
उता गजुरी बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धनतर्फबाट माओवादी केन्द्रका कृष्ण बहादुर थपलिया(विवेक) अध्यक्षमा र एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन् ।
धुनिबेसी नगरपालिकामा पनि गठबन्धनबाटै मेयरमा एकीकृत समाजवादीका बालकृष्ण आचार्य र उप मेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् ।
ज्वालामूखी गाउँपालिकामा भने नेपाली कांग्रेसका यमनाथ दनै अध्यक्षमा र एकीकृत समाजवादीका धर्म बहादुर अर्याल उपाध्यक्षमा विजयी भएका छन् ।
यस्तै सिद्धलेक गाउापालिका अध्यक्षमा नेपाली कांग्रेसका परशुराम खतिवडा अध्यक्षमा र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट सविता अर्याल विजयी हुनुभएको छ ।
यस्तै गंगाजमुना गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भक्त बहादुर लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामेश्वर सिंखडा विजयी हुनुभएको छ ।
यसैगरी नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भिम प्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा(माओवादी केन्द्र)का दिपक विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
उता त्रिपुरासुन्दरी गाउँपालिकामा पनि गठबन्धनबाटै अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का देवराज धरेल विजयी हुनुभएको हो ।
यस्तै थाक्रे गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट रामकुमार आचार्यले बाजी मारेका छन् भने उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का यन्त्र बहादुर थापा जिन्दगी विजयी भएका छन् ।
योसँगै स्थानीय तह निर्वाचन २०७९ मा १ नगरपालिका सहित ७ पालिका प्रमुख, ५ उप–प्रमुख सहित ३६ वडा जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ भने नेकपा(माओवादी केन्द्र) ३ पालिका प्रमुख, ५ उप–प्रमुख र ३२ वडा जित्दै दोस्रो पार्टी बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा ९ वटा पालिका जित्द पहिलो बनेको नेकपा एमाले भने यो निर्वाचनमा २ पालिका प्रमुख र २१ वडा जित्दै तेस्रो भएको छ । यस्तै एकीकृत समाजवादीले १ प्रमुख, ३ उप–प्रमुख सहित ६ वडामा जित निकालेको हो । यस्तै राप्रपाले ४, स्वतन्त्र ४ र जसपाले १ वडामा जित निकालेको छ ।
१. रुविभ्याली गाउँपालिका
प्रमुखः रामसिं तामाङ (नेकपा(माओवादी केन्द्र)
उप– प्रमुख फे लामा तामाङ (नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ पम्बर तामाङ(नेपाली कांग्रेस)
वडा नं. २ रुप घले(नेकपा एकीकृत समाजवादी)
वडा नं. ३ फेदोर्जे तामाङ(जनता समाजवादी पार्टी)
वडा नं. ४ प्रशान्त तामाङ(राप्रपा)
वडा नं. ५ रम्बा घले(नेपाली कांग्रेस)
वडा नं. ६ समिर गुरुङ(नेकपा एकीकृत समाजवादी)
२. खनियाबास गाउँपालिका
प्रमुखः रण बहादुर तामाङ(नेपाली कांग्रेस)
उप–प्रमुखः सेक्केमान तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ सोनाम बहादुर तामाङ(राप्रपा)
वडा नं. २ अरुण कुमार पाख्रिन(राप्रपा)
वडा नं. ३ कमनसिं तामाङ(राप्रपा)
वडा नं. ४ लिलामान तामाङ(नेपाली कांग्रेस)
वडा नं. ५ रबिन तामाङ(नेकपा एमाले)
३. गजुरी गाउँपालिका
प्रमुखः गणेशलाल श्रेष्ठ(नेकपा(माओवादी केन्द्र)
उप–प्रमुखःसर्मिला बिसुराल(नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ तारानाथ भण्डारी(नेकपा(माओवादी केन्द्र)
वडा नं. २ द्रोण कंडेल(नेपाली कांग्रेस)
वडा नं. ३ ऋषिलाल श्रेष्ठ(नेपाली कांग्रेस)
वडा नं. ४ सुरेन्द्र चेपाङ(नेपाली कांग्रेस)
वडा नं. ५ गोविन्द लामिछाने(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ भक्त बहादुर तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ७ वद्रि जम्कट्टेल(नेकपा(माओवादी केन्द्र)
वडा नं. ८ देवराज ओझा(नेकपा(माओवादी केन्द्र)
४. नेत्रावती डबजोङ गाउँपालिका
प्रमुखः मेगनाथ रिजाल(नेपाली कांग्रेस)
उप–प्रमुखः सीता चोदेन(नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ ठाकुर गुरुङ(नेपाली कांग्रेस)
वडा नं. २ मिन बहादुर तामाङ(नेपाली कांग्रेस)
वडा नं. ३ सुरेश गुरुङ(नेपाली कांग्रेस)
वडा नं. ४ तिल बहादुर गुरुङ(नेकपा एमाले)
वडा नं. ५ हरि अधिकारी(नेपाली कांग्रेस)
५. बेनिघाट रोराङ गाउँपालिका
प्रमुखः कृष्ण बहादुर थपलिया(नेकपा(माओवादी केन्द्र)
उप–प्रमुखः टाप बहादुर श्रेष्ठ(नेकपा एकीकृत समाजवादी)
वडा अध्यक्षहरु
वडा नं. १ जीवन सिं तामाङ(नेपाली कांग्रेस)
वडा नं. २ हेमराज भुजेल(नेकपा(माओवादी केन्द्र)
वडा नं. ३ भुवन त्रिपाठी(नेकपा एमाले)
वडा नं. ४ राजु बहादुर मगर(नेकपा(माओवादी केन्द्र)
वडा नं. ५ रोशन बहादुर सिलवाल(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ टेकनाथ सिलवाल(नेकपा(माओवादी केन्द्र)
वडा नं. ७ कुमार बस्नेत(नेकपा(माओवादी केन्द्र)
वडा नं. ८ राज कुमार श्रेष्ठ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ९देवीबहादुर, खड्का(एमाले)
वडा नं. १० विकास प्रजा(कांग्रेस)
६. गल्छी गाउँपालिका
प्रमुखः केदार खतिवडा(नेकपा एमाले)
उप–प्रमुखः भाइकाजि तिवारी(नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ यदु कुमार खतिवडा(एमाले)
वडा नं. २ सडानन्द खनाल(एमाले)
वडा नं. ३ राजन भुजेल(नेकपा(माओवादी केन्द्र)
वडा नं. ४ राजु अधिकारी(नेपाली कांग्रेस)
वडा नं. ५ सरोज लामा तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ दिपक कुमार कार्की(नेपाली कांग्रेस)
वडा नं. ७ हरि प्रसाद खतिवडा(नेकपा एमाले)
वडा नं. ८ विशाल लुंगेली मगर(नेकपा कांग्रेस)
७. धुनिबेसी नगरपालिका
प्रमुखः बालकृष्ण आचार्य (नेकपा एकीकृत समाजवादी)
उप–प्रमुखः सुरज उप्रेती (नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ मान बहादुर तामाङ (नेकपा(माओवादी केन्द्र)
वडा नं. २ लक्ष्यजित तामाङ (नेकपा एकीकृत समाजवादी)
वडा नं. ३ प्रकाश हमाल(नेपाली कांग्रेस)
वडा नं. ४ हरि प्रसाद सुवेदी(नेकपा एकीकृत समाजवादी)
वडा नं. ५ विशाल भट्टराई(स्वतन्त्र)
वडा नं. ६ रमेश प्रसाद आचार्य(नेकपा(माओवादी केन्द्र)
वडा नं. ७ यदुनाथ पाठक(नेपाली कांग्रेस)
वडा नं. ८ रामकृष्ण रेग्मी(नेकपा(माओवादी केन्द्र)
वडा नं. ९ माधव प्रसाद सिलवाल(नेपाली कांग्रेस)
८. ज्वालामूखी गाउँपालिका
प्रमुखः यमनाथ दनै(नेपाली कांग्रेस)
उप–प्रमुखः धर्म बहादुर अर्याल(एकीकृत समाजवादी)
वडा अध्यक्षहरु
वडा नं. १ कृष्ण गिरी(नेकपा एमाले)
वडा नं. २ राजु लोप्पा(नेपाली कांग्रेस)
वडा नं. ३ उमेश श्रेष्ठ(नेपाली कांग्रेस)
वडा नं. ४ कृष्ण गुरुङ(स्वतन्त्र)
वडा नं. ५ टंक प्रसाद काप्री(नेपाली कांग्रेस)
वडा नं. ६ किशोर सेढाई(नेपाली कांग्रेस)
वडा नं. ७ ज्ञानेन्द्र बहादुर खकुराल(नेपाली कांग्रेस)
९.गंगाजमुना गाउँपालिका
प्रमुखः भक्त बहादुर लामा(नेपाली कांग्रेस)
उप–प्रमुख रामेश्वर सिंखडा(नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ बहादुर तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. २ बल बहादुर तामाङ(नेपाली कांग्रेस)
वडा नं. ३ राज कुमार गुरुङ(नेपाली कांग्रेस)
वडा नं. ४ प्रेम बहादुर घले(एमाले)
वडा नं. ५ कुमार बहादुर अधिकारी(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ रमेश ढकाल(नेकपा एमाले)
वडा नं. ७ रविन अधिकारी(एकीकृत समाजवादी)
१०. सिद्धलेक गाउँपालिका
प्रमुखः परशुराम खतिवडा(नेपाली कांग्रेस)
उप–प्रमुखः सविता अर्याल(एकीकृत समाजवादी
वडा अध्यक्षहरु
वडा नं. १ पेमा वाङ्ग्याल लामा(नेकपा(माओवादी केन्द्र)
वडा नं. २ शम्भु गुरुङ(नेपाली कांग्रेस)
वडा नं. ३ देव बहादुर पुलामी(नेकपा एमाले)
वडा नं. ४ झक बहादुर थापा मगर(नेकपा एमाले)
वडा नं. ५ बुधे घले(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ सुरेन्द्र कुमार मगर(नेकपा एमाले)
वडा नं. ७ मा सानु गिरी(नेपाली कांग्रेस)
११. नीलकण्ठ नगरपालिका
प्रमुखः भिम प्रसाद ढुङ्गाना(नेपाली कांग्रेस)
उप–प्रमुखः दिपक विश्वकर्मा(नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ गणेश बहादुर गुरुङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. २ ध्वज बहादुर गुरुङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ३ राजकुमार श्रेष्ठ(स्वतन्त्र)
वडा नं. ४ हरि कुमार श्रेष्ठ(नेकपा एमाले)
वडा नं. ५ राम बहादुर श्रेष्ठ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ भुपेन्द्र कुमार श्रेष्ठ(नेपाली कांग्रेस)
वडा नं. ७ गौतम हरि अधिकारी(नेपाली कांग्रेस)
वडा नं. ८ प्रकाश श्रेष्ठ(स्वतन्त्र)
वडा नं. ९ राजन बराइली(नेपाली कांग्रेस)
वडा नं. १० सरोज पाण्डे(नेपाली कांग्रेस)
वडा नं. ११ राम बहादुर श्रेष्ठ(नेपाली कांग्रेस)
वडा नं. १२ धर्मराज भण्डारी(नेपाली कांग्रेस)
वडा नं. १३ सोम बहादुर गुरुङ(नेपाली कांग्रेस)
वडा नं. १४ नमराज दुवाडी(नेकपा(माओवादी केन्द्र)
१२. त्रिपुरासुन्दरी गाउँपालिका
प्रमुखः राजु उप्रेती(नेपाली कांग्रेस)
उप–प्रमुखः देवराज धरेल(नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ भिम प्रसाद भट्ट(नेपाली कांग्रेस)
वडा नं. २ कृष्ण बहादुर खत्री(नेकपा एमाले)
वडा नं. ३ कमल बहादुर थापा(नेकपा एमाले)
वडा नं. ४ कपिलदेव सिंखडा(नेकपा(माओवादी केन्द्र)
वडा नं. ५ कुश बहादुर सिटौला(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ हरि बहादुर विश्वकर्मा(नेकपा(माओवादी केन्द्र)
वडा नं. ७ सुवाष अधिकारी(नेकपा(माओवादी केन्द्र)
१३. थाक्रे गाउँपालिका
प्रमुखः रामकुमार आचार्य(नेकपा एमाले)
उप–प्रमुखः यन्त्र बहादुर थापा(नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ श्याम सुन्दर थापा (एमाले)
वडा नं. २ टिकाराम तामाङ (नेकपा(माओवादी केन्द्र)
वडा नं. ३ विजय तामाङ (नेकपा(माओवादी केन्द्र)
वडा नं. ४ आशाराम तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ५ शन्त बहादुर तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ हिरा बहादुर थापा(नेकपा(माओवादी केन्द्र)
वडा नं. ७ युवराज खतिवडा(नेकपा एमाले
वडा नं. ८ प्रेम कुमार थापा(एकीकृत समाजवादी)
वडा नं. ९ श्यामचन्द्र आचार्य(नेकपा एमाले)
वडा नं. १० गोकुल प्रसाद लामिछाने (नेकपा एमाले)
वडा नं. ११ शुदर्शन पाण्डे (नेपाली कांग्रेस)
प्रतिक्रिया दिनुहोस