धादिङ ०५ जेष्ठ
धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका मेयरमा पुन कांग्रेसका भिम ढुङ्गाना निर्वाचित हुनुभएको छ भने उपमेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी हुनुभएको छ ।
मेयर ढुङ्गानाले १३ हजार ६७५ मत ल्याएका छन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ७ हजार ६८४ मत ल्याउनुभएको छ ।
यस्तै उपमेयर विश्वकर्माले ९ हजार ०३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दीहरु एमालेका फन्द्रा तामाङले ७ हजार ७८० मत र स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीले ४ हजार ३७१ मत ल्याउनुभएको छ ।
नीलकण्ठ नगरपालिकामा निर्वाचित वडा अध्यक्षहरु
नीलकण्ठ १ गणेशबहादुर गुरुङ (माओवादी केन्द्र)
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ (माओवादी केन्द्र)
नीलकण्ठ ३ राजकुमार श्रेष्ठ (स्वतन्त्र)
नीलकण्ठ ४ मा हरि बहादुर श्रेष्ठ (एमाले)
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ (माओवादी)
नीलकण्ठ ६ भुपेन्द्र कुमार श्रेष्ठ (कांग्रेस)
नीलकण्ठ ७ गौतम हरि अधिकारी (कांग्रेस)
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ (स्वतन्त्र)
नीलकण्ठ ९ राजन बराइली (कांग्रेस)
नीलकण्ठ १० सरोज पाण्डे (कांग्रेस)
नीलकण्ठ ११ रामबहादुर श्रेष्ठ (कांग्रेस)
नीलकण्ठ १२ मा धर्मराज भण्डारी (कांग्रेस)
नीलकण्ठ १३ सोम बहादुर गुरुङ (कांग्रेस)
नीलकण्ठ १४ नमराज दुवाडी (माओवादी केन्द्र)
प्रतिक्रिया दिनुहोस