धादिङ
बैशाख ३० गते सम्पन्न भएको स्थानिय चुनाबको मतपरिणाम सार्बजनिक भैसकेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेकोछ । अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्ष मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेल विजयी भएका हुन् ।
जनताले चाहेको र खोजेको जस्तो नेता पाउनुमा स्थानिय खुशी ब्यक्त गर्नु हुन्छ ।
अध्यक्षमा उप्रेतीले ६७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५१२६ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्ष देवराज धरेलले ६०३४ मत ल्याएका छन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५२१० मत ल्याएकी थिईन
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस