धादिङ ०४ जेष्ठ
धादिङको रुविभ्याली, खनियाबास, नेत्रावती डबजोङ, गजुरी, गल्छी, बेनिघाट रोराङ, ज्वालामूखी गाउँपालिका र धुनिबेसी नगरपालिका गरी ८ पालिका र ८७ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार रुविभ्याली गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट माओवादी केन्द्रका रामसिं तामाङ अध्यक्षमा र नेपाली कांग्रेसका फे लामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।
खनियाबास गाउँपालिका अध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका रण बहादुर तामाङ अध्यक्षमा र माओवादी केन्द्रका सेक्केमान तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।
यस्तै गजुरी गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाटै नेकपा(माओवादी केन्द्र)का गणेशलाल श्रेष्ठ अध्यक्षमा र नेपाली कांग्रेसकी सर्मिला बिसुराल उपाध्यक्षमा विजयी भएकी हुन् ।
यस्तै नेत्रावती डबजोङमा नेपाली कांग्रेसका मेगनाथ रिजाल र उपाध्यक्षमा सीता चोदेन विजयी भएका छन् ।
गल्छी गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमालेका केदार खतिवडा र उपाध्यक्षमा नेपाली कांग्रेसका भाइकाजि तिवारी विजयी भएका हुन् ।
उता गजुरी बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धनतर्फबाट माओवादी केन्द्रका कृष्ण बहादुर थपलिया(विवेक) अध्यक्षमा र एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन् ।
धुनिबेसी नगरपालिकामा पनि गठबन्धनबाटै मेयरमा एकीकृत समाजवादीका बालकृष्ण आचार्य र उप मेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् ।
ज्वालामूखी गाउँपालिकामा भने नेपाली कांग्रेसका यमनाथ दनै अध्यक्षमा र एकीकृत समाजवादीका धर्म बहादुर अर्याल उपाध्यक्षमा विजयी भएका छन् ।
योसँगै नेपाली कांग्रेसले ३ प्रमुख, ५ उप प्रमुख र २८ वडामा जित निकालेको छ भने नेकपा(माओवादी केन्द्रले) ३ प्रमुख, १ उप प्रमुख र २८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले भने १ प्रमुख सहित १७ वडामा विजयी भएको छ । एकीकृत समाजवादी १ प्रमुख १ उप प्रमुख सहित ५ वडामा जित निकालेको हो । यस्तै राप्रपाले ४, स्वतन्त्र ४ र जसपाले १ वडामा जित निकालेको छ ।
धादिङमा हालसम्म विजयी उम्मेद्वारहरु
यस्तो छ ८७ वडाको नतिजा
माओवादी केन्द्र २८
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
नीलकण्ठ ५ मा राम बहादुर श्रेष्ठ विजयी
नीलकण्ठ १४ मा नमराज दुवाडी विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
धुनिबेसी ६ मा रमेश आचार्य विजयी
धुनिबेसी ८ मा रामकृष्ण रेग्मी विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ मा रोशन बहादुर सिलवाल विजयी
बेनिघाट रोराङ ६ मा टेकनाथ सिलवाल विजयी
बेनिघाट रोराङ ७ मा कुमार बस्नेत विजयी
बेनिघाट रोराङ ८ मा राज कुमार श्रेष्ठ विजयी
गल्छी ३ राजन भुजेल विजयी
गल्छी ५ मा सरोज तामाङ विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
गजुरी ५ मा गोविन्द लामिछाने विजयी
गजुरी ६ मा भक्त बहादुर तामाङ(कर्ण) विजयी
गजुरी ७ मा वद्रि जम्कट्टेल विजयी
गजुरी ८ मा देवराज ओझा
सिद्धलेक १ मा पेमा लामा विजयी
सिद्धलेक ५ मा बुधे घले विजयी
थाक्रे २ मा टिकाराम तामाङ विजयी
थाक्रे ३ विजय तामाङ विजयी
थाक्रे ४ मा आशाराम तामाङ विजयी
त्रिपुरासुन्दरी ४ मा कपिलेदव सिंखडा विजयी
त्रिपुरासुन्दरी ५ मा कुश बहादुर सिटौला विजयी
कांग्रेस २८
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ विजयी
नेत्रावती डबजोङ २ मिनबहादुर तामाङ विजयी
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ विजयी
रुविभ्याली १ पम्बर तामाङ विजयी
रुविभ्याली ५ मा रम्बा घले विजयी
बेनिघाट रोराङ १ जीवन सिं तामाङ विजयी
बेनिघाट रोराङ १० मा विकास प्रजा विजयी
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
ज्वालामुखी ३ उमेश श्रेष्ठ विजयी
ज्वालामूखी ५ मा टंक प्रसाद काप्री विजयी
ज्वालामूखी ६ मा किशोर सेढाई विजयी
ज्वालामूखी ७ मा ज्ञानेन्द्र बहादुर खकुराल विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
धुनिबेसी ७ मा यदुनाथ पाठक विजयी
धुनिबेसी ९ मा माधव प्रसाद सिलवाल विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ मा ऋिषिलाल श्रेष्ठ विजयी
गजुरी ४ मा सुरेन्द्र चेपाङ विजयी
गल्छी ४ मा राजु अधिकारी विजयी
गल्छी ६ मा दिपक कार्की विजयी
गल्छी ८ मा विशाल लुंगेली मगर विजयी
त्रिपुरासुन्दरी १ मा भिम प्रसाद भट्ट विजयी
सिद्धलेक २ मा सम्भु गुरुङ विजयी
खनियाबास ४ मा लिलामान तामाङ विजयी
गंगाजमुना २ मा बल बहादुर तामाङ विजयी
नीलकण्ठ ७ मा गौतमहरि अधिकारी विजयी
नीलकण्ठ ९ मा राजन बराइली विजयी
नीलकण्ठ १३ मा सोम बहादुर गुरुङ विजयी
एमाले १७
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
गल्छी ७ मा हरि प्रसाद खतिवडा विजयी
सिद्धलेक ३ मा देव पुलामी मगर विजयी
सिद्धलेक ४ मा झक बहादुर थापा मगर विजयी
सिद्धलेक ६ मा सुरेन्द्र कुमार मगर विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
बेनीघाट रोराङ ९ मा देवी बहादुर खड्का विजयी
नीलकण्ठ ४ मा हरि कुमार श्रेष्ठ विजयी
खनियाबास ५ मा रविन तामाङ विजयी
त्रिपुरासुन्दरी २ मा कृष्ण खत्री विजयी
त्रिपुरासुन्दरी ३ मा कमल बहादुर थापा विजयी
नेत्रावती ४ मा तिल बहादुर गुरुङ विजयी
गंगाजमुना ६ मा रमेश ढकाल विजयी
एकीकृत समाजवादी ५
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि प्रसाद सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
रुविभ्याली ६ मा समिर गुरुङ विजयी
राप्रपा ४
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुविभ्याली ४ प्रशान्त तामाङ विजयी
स्वतन्त्र ४
नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ विजयी(गुलाफ)
ज्वालामूखी ४ मा कृष्ण गुरुङ विजयी(खरायो)
धुनिबेसी ५ मा विशाल भट्राई विजयी(गुलाफ)
नीलकण्ठ ८ मा प्रकाश श्रेष्ठ विजयी(भुइकटहर)
जसपा १
रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी
प्रतिक्रिया दिनुहोस