गोरखा ०३ जेष्ठ
स्थानीय तह निर्वाचनमा गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकाको मत गणना कार्य सम्पन्न भएको छ । ८ वडा रहेको पालिकाको प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का लोक प्रसाद बञ्जराले ५ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रोशन गुरुङले ५ हजार १ सय ७६ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृता वस्तीले ५ हजार १ सय ४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९ सय २७ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै वडा नं. १ को वडा अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का विकास श्रेष्ठले ११ सय ३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नारायण भट्टराईले ७ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं. ३ मा नेपाली कांग्रेसकै ऋिषिराम लामिछानेले ५ ८८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
वडा नं. ४ मा नेपाली कांग्रेसका धन बहादुर तामाङले ७ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं. ५ मा नेकपा(माओवादी केन्द्र)का होम बहादुर बरामूले ५ सय २ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा न.. ६ मा नेकपा माओवादी केन्द्रका रन्जन रिमालले ९ सय ८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
वडा नं. ७ मा नेकपा माओवादी केन्द्रका नारायण श्रेष्ठले ६ सय ४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा न.. ८ मा नेकपा माओवादी केन्द्रका विष्णु कुमार श्रेष्ठले ४ सय ५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस