धादिङ ०३ जेष्ठ
धादिङको ३ स्थानीय तहको मत गणना सकिएको छ । रुविभ्याली, खनियाबास र गजुरी गाउँपालिकाको मत गणना सकिदा ३ वटैमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
रुविभ्याली गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट माओवादी केन्द्रका रामसिं तामाङ अध्यक्षमा र नेपाली कांग्रेसका फे लामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् भने खनियाबास गाउँपालिका अध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका रण बहादुर तामाङ अध्यक्षमा र माओवादी केन्द्रका सेक्केमान तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।
यस्तै गजुरी गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाटै नेकपा(माओवादी केन्द्र)का गणेशलाल श्रेष्ठ अध्यक्षमा र नेपाली कांग्रेसकी सर्मिला बिसुराल उपाध्यक्षमा विजयी भएकी हुन् ।
यी तीन पालिकाको मत गणना सकिदा वडाहरुमा भने नेपाली कांग्रेसल ६, नेकपा(मााओवादी केन्द्र)ले ५, राप्रपा ४, एकीकृत समाजवादी २ , नेकपा एमाल र जसपाले १÷१ वडामा जित निकालेको छ ।
अघिल्लो स्थानीय तहमा जितेको गजुरी गाउँपालिकामा यो निर्वाचनमा भने एमालेले कुनै पनि वडा जित्न सकेन यस्तै रुविभ्याली गाउँपालिका जितेको राप्रपाले भने यो निर्वाचनमा एउटा वडा मात्र जित्न सफल भएको हो ।
रुविभ्याली गाउँपालिका
प्रमुखः रामसिं तामाङ (नेकपा(माओवादी केन्द्र)
उप– प्रमुख फे लामा तामाङ (नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ पम्बर तामाङ(नेपाली कांग्रेस)
वडा नं. २ रुप घले(नेकपा एकीकृत समाजवादी)
वडा नं. ३ फेदोर्जे तामाङ(जनता समाजवादी पार्टी)
वडा नं. ४ प्रशान्त तामाङ(राप्रपा)
वडा नं. ५ रम्बा घले(नेपाली कांग्रेस)
वडा नं. ६ समिर गुरुङ(नेकपा एकीकृत समाजवादी)
खनियाबास गाउँपालिका
प्रमुखः रण बहादुर तामाङ(नेपाली कांग्रेस)
उप–प्रमुखः सेक्केमान तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ सोनाम बहादुर तामाङ(राप्रपा)
वडा नं. २ अरुण कुमार पाख्रिन(राप्रपा)
वडा नं. ३ कमनसिं तामाङ(राप्रपा)
वडा नं. ४ लिलामान तामाङ(नेपाली कांग्रेस)
वडा नं. ५ रबिन तामाङ(नेकपा एमाले)
गजुरी गाउँपालिका
प्रमुखः गणेशलाल श्रेष्ठ(नेकपा(माओवादी केन्द्र)
उप–प्रमुखःसर्मिला बिसुराल(नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ तारानाथ भण्डारी(नेकपा(माओवादी केन्द्र)
वडा नं. २ द्रोण कंडेल(नेपाली कांग्रेस)
वडा नं. ३ ऋषिलाल श्रेष्ठ(नेपाली कांग्रेस)
वडा नं. ४ सुरेन्द्र चेपाङ(नेपाली कांग्रेस)
वडा नं. ५ गोविन्द लामिछाने(नेकपा(माओवादी केन्द्र)
वडा नं. ६ भक्त बहादुर तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं. ७ वद्रि जम्कट्टेल(नेकपा(माओवादी केन्द्र)
वडा नं. ८ देवराज ओझा(नेकपा(माओवादी केन्द्र)
प्रतिक्रिया दिनुहोस