दिपक पौडेल
रसुवा २८ आषाढ
यात्रु हकहित र सुबिधाको लागि यातायात ब्यबसाही र विद्यार्थी संगठनबिच ३ बुदे सहमती भएको छ । रसुवा सदरमुकाम धुन्चेमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र नागरिक समाजको उपस्थितमा यातायात व्यावसायीहरुको तर्फबाट धनबहादुर श्रेष्ठ ,हरि प्रसाद न्यौपाने ईश्वर श्रेष्ठ लगायतको सहभागी थियो भने विद्यार्थी संगठनको तर्फबाट अर्जुन पौडेल, मेन्डोल्मा तामाङ, दिपक पौडेल ,सन्दिप पौडेल, सुशील नगरकोटी लगायतको उपस्तिथि रहेको थियो । छलफलबाट पासाङ ल्हामु मार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि व्यवसायी र विद्यार्थी संगठनबीच तिन बुँदे सहमति भएको हो । यातायात व्यवस्थापनको क्षेत्रमा रहेका विविध समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको अनेरास्ववियूका प्रतिनिधि दिपक पौडेलले बताए । सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियम अनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण कार्यान्वयन गरिने छ । छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा कार्ड र लामो दूरीमा परिचयपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने सहमति भएको पौडेलले बताएका हुन् । सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा सेवा लिँदै आए पनि सेवा दिने गरेका छैनन् । यसको समाधानको लागि १५ दिनको समय सीमा तोकिएको छ । व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने नेबि सघं प्रतिनिधि सन्दिप पौडेलले बताए । रसुवा जिल्लामा सञ्चालित यातायात कम्पनीले हाल कायम भएको भाडादरमा काठमाडौँ देखि कालिकास्थान सम्म हाल कायम भएको भाडादरमा १५५ र अन्यत्र धुन्चे, स्यफ्रुबेशी, चिलिमे लगायतका गन्तब्यमा ५५ भाडा धटाउने गरि सम्झौता भएको छ । सम्झौता श्रावण १ गते देखि लागू हुने छ ।
प्रतिक्रिया दिनुहोस