धादिङ २ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिकामा एमालेले खाता खोलेको छ । नीलकण्ठ नगरपालिका वडा नं. ४ मा एमालेका वडा अध्यक्ष सहितको प्यानल नै विजयी भएको हो । वडा अध्यक्षका उम्मेद्वार हरि कुमार श्रेष्ठ ११ सय मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राजकुमार रानाले ६४७ मत ल्याएका थिए । योसगै धादिङमा एमाल ६ वटा वडामा विजयी भएको छ ।
धादिङमा नीलकण्ठ नगरपालिकाको १,२,३ र ४ नम्बरको मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसका भिम प्रसाद ढुङ्गाना ३५४४ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेकी गंगा देवी श्रेष्ठले ३०१६ मतका साथ पछ्याइरहेकी छिन् ।
यस्तै उप मेयरमा २३२३ मतका साथ एमालेका फन्द्रा तामाङ अगाडि छन् भने नेकपा(माओवादी केन्द्र)का दिपक विश्वकर्माले २२७७ मतका साथ पछ्याइरहेका छन् ।
यी हुन् एमालेले जितेका वडाहरु
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
नीलकण्ठ ४ मा हरि श्रेष्ठ विजयी
प्रतिक्रिया दिनुहोस