धादिङ ०२ जेष्ठ
स्थानीय तह निर्वाचन अन्तरगत धादिङमा वडा तहको परिणम सार्वजनिक हुन थालेको छ । हालसम्म ३८ वडाको मत सार्वजनिक भएको हो ।
अन्तिम मत सार्वजनिक हुँदा नेपाली काङ्ग्रेसले १२ वडामा जित निकाल्दै अग्रता कायम गरेको छ भने माओवादी केन्द्रले ११ वडा जित्दै दोस्रो स्थानमा रहेको छ ।
नेकपा एमालेले हालसम्म ५ वडामा विजयी भएको छ भने नेकपा एकीकृत समाजवादी र राप्रपाले ४, ४ वडामा जित निकालेको छ ।
जसपाले पनि रुविभ्याली ३ मा जित निकाल्दै खाता खोलेको छ भने स्वतन्त्र उम्मेद्वार नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ पनि भारी मतका साथ विजयी भएका छन् ।
हालसम्म विजयी उम्मेद्वारहरु
यस्तो छ ३८ वडाको नतिजा
कांग्रेस १२
नेत्रावती डबजोङ १ मा ठाकुर गुरुङ विजयी
नेत्रावती डबजोङ २ मा मिनबहादुर तामाङ विजयी
रुविभ्याली १ मा पम्बर तामाङ विजयी
बेनिघाट रोराङ १ मा जीवन सिं तामाङ विजयी
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ मा ऋिषिलाल श्रेष्ठ विजयी
गजुरी ४ मा सुरेन्द्र चेपाङ विजयी
गल्छी ४ मा राजु अधिकारी विजयी
त्रिपुरासुन्दरी १ मा भिम प्रसाद भट्ट विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी
माओवादी केन्द्र ११
नीलकण्ठ १ मा गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
धुनीबेसी १ मा मानबहादुर तामाङ विजयी
गंगाजमुना १ मा बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ मा हेमराज भुजेल विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ मा रोशन बहादुर सिलवाल विजयी
गल्छी ३ मा राजन भुजेल विजयी
गल्छी ५ मा सरोज तामाङ विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
एमाले ५
ज्वालामुखी १ मा कृष्ण गिरी विजयी
गल्छी १ मा यदुकुमार खतिवडा विजयी
गल्छी २ मा षडानन्द खनाल विजयी
थाक्रे १ मा श्याम सुन्दर थापा विजयी
बेनिघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
राप्रपा ४
खनियाबास १ मा सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ मा अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ मा कमनसिं तामाङ विजयी
रुविभ्याली ४ मा प्रशान्त तामाङ विजयी
एकीकृत समाजवादी ४
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ मा हरि सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
जसपा १
रुबीभ्याली ३ मा फेदोर्जे तामाङ विजयी
स्वतन्त्र १
नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ विजयी
प्रतिक्रिया दिनुहोस