धादिङ ०१ जेष्ठ
स्थानीय तह निर्वाचन अन्तरगत धादिङमा वडा तहको परिणम सार्वजनिक हुन थालेको छ । हालसम्म ३१ वडाको मत सार्वजनिक भएको हो ।
अन्तिम मत सार्वजनिक हुँदा नेकपा(माओवादी केन्द्र)ले नीलकण्ठ १ र २, धुनिबेसी १, गंगाजमुना १, गल्छी ३, गजुरी १, सिद्धलेक १, बेनिघाट रोराङ २ र ४ गरी ९ वटा वडामा जित निकालेको छ । यस्तै नेपाली कांग्रेसले नेत्रावती डबजोङ १ र २, रुविभ्याली १, बेनिघाट रोराङ १, ज्वालामुखी २, धुनीबेसी ३, गजुरी २, ३ र ४ गरी ८ वटा वडामा जित हासिल गरेको हो ।
नेकपा एमाले भने ज्वालामुखी १, गल्छी १ र २, थाक्रे १ र बेनीघाट रोराङ ३ सहित ५ वडा जित्दै तेस्रो स्थानमा रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले खनियाबास १, २ र ३ गरी ३ वडामा जित निकालेको छ । नेकपा(एकीकृत समाजवादी)ले रुविभ्याली २, धुनिबेसी २ र ४, गंगाजमुना ७ गरी ४ वडामा जित निकालेको छ ।
जसपाले पनि रुविभ्याली ३ मा जित निकाल्दै खाता खोलेको छ भने स्वतन्त्र उम्मेद्वार नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ पनि भारी मतका साथ विजयी भएका छन् ।
हालसम्म विजयी उम्मेद्वारहरु
यस्तो छ ३१ वडाको जतिजा
माओवादी केन्द्र ९
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
कांग्रेस ९
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
नेत्रावती डबजोङ २ मिनबहादुर तामाङ विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ मा ऋिषिलाल श्रेष्ठ
गजुरी ४ मा सुरेन्द्र चेपाङ विजयी
एमाले ५
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
राप्रपा ३
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
एकीकृत समाजवादी ४
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
जसपा १
रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी
स्वतन्त्र १
नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ विजयी
प्रतिक्रिया दिनुहोस