धादिङ २७ आषाढ
स्मार्ट सिटीको परिकल्पनाका साथ अगाडि बढेको नीलकण्ठ नगरपालिकाको केन्द्र धादिङबेसी सिरान बजार नजिकै ०७२ सालको भूकम्पपछि सडक भासिएर गएको पहिरो हालसम्म पनि निर्माण हुन नसक्दा जोखिम बढेको छ । वर्षा सुरुवात भएसँगै सडक भासिन थालेपछि स्थानीय घरहरु जोखिममा परेका छन् । सडक आसपासका करिब १ दर्जन घरहरु चर्किने, भासिने जस्ता समस्या देखिएकाले स्थानीयहरु त्रसित बनेका छन् ।
हिजोदेखि परेको निरन्तर वर्षाका कारण ५/६ वटा घरहरु बस्नै नमिल्ने गरी पहिरिएको स्थानीयले बताए । विगत २ वर्ष अघिदेखि निर्माण कार्य सुरु भएता पनि ठेकेदार कम्पनीको लापरबाही र नीलकण्ठ नगरपालिकाको हेलचेक्राइको कारण निर्माण सम्पन्न हुन नसकोको हो । जिल्लास्थित सरकारी कार्यालयहरुको नजिकै रहेको उक्त सडक निर्माणमा ढिलासुस्ती हुँदा निमनकारी निकाय नीलकण्ठ नगरपालिका मुक दर्शक बन्दा स्थानीयहरु आक्रोसित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस