धादिङ ०१ जेष्ठ
स्थानीय तह निर्वाचन अन्तरगत धादिङमा वडा तहको परिणम सार्वजनिक हुन थालेको छ । हालसम्म १९ वडाको मत सार्वजनिक भएको हो ।
अन्तिम मत सार्वजनिक भएका पालिकाहरुमा नेकपा(माओवादी केन्द्र)ले गंगाजमुना १, बेनिघाट रोराङ २, गल्छी ३, गजुरी १, सिद्धलेक १, धुनिबेसी १ र नीलकण्ठ १ ७ वटा वडामा विजयी भएको छ । यस्तै नेकपा एमाले गल्छी १ र २, ज्वालामूखी १, थाक्रे १ र बेनिघाट रोराङ ३ गरी ५ वडा जितेको छ ।
यता नेपाली कांग्रेसले रुविभ्याली १, बेनिघाट रोराङ १, नेत्रावती १ र ज्वालामूखी २ गरी ४ वडामा विजय हासिल गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले खनियाबास १ र २ गरी २ वडामा जित निकालेको छ । भने नेकपा(एकीकृत समाजवादी) रुविभ्याली २ मा विजयी भएको छ ।
हालसम्म विजयी उम्मेद्वारहरु
नेकपा(माओवादी केन्द्र) ७
गंगाजमुना १ मा बहादुर सिं लामा ५५३ मत ल्याई विजयी
बेनिघाट रोराङ २ मा हेमराज भुजेल १०३२ मत ल्याई विजयी
गल्छी ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल ७२५ मत ल्याई विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
धुनिबेसी १ मा मान बहादुर तामाङ १०५१ मत ल्याई विजयी
नीलकण्ठ १ मा गणेश गुरुङ ६५५ मत ल्याई विजयी
नेकपा एमाले ५
गल्छी १ मा यदुकुमार खतिवडा ११३५ मत ल्याई विजयी
गल्छी २ मा षडानन्द खनाल १०४७ मत ल्याई विजयी
ज्वालामूखी १ मा कृष्ण गिरी ५०१ मत ल्याई विजयी
थाक्रे १ मा श्याम थापा विजयी
बेनिघाट रोराङ ३ मा भूवन त्रिपाठी विजयी
नेपाली कांग्रेस ४
रुविभ्याली वडा नम्बर १ पम्बर तामाङ मा ३५३ मत ल्याएर विजयी
बेनिघाट रोराङ वडा नम्बर १ जीवन सिंह तामाङ ५ सय ३४ मत ल्याएर विजयी
नेत्रावती डबजोङ वडा नम्बर १ मा ठाकुर गुरुङ ६०३ मत ल्याई विजयी
ज्लालामूखी २ मा राजु लोप्पा ६५३ मत सहित विजयी
राप्रपा २
खनियाबास १ मा सोनम तामाङ विजयी
खनियाबास २ मा अरुण कुमार पाख्रिन ४१४ मत ल्याई विजयी
नेकपा(एकीकृत समाजवादी) १
रुविभ्याली २ मा रुप घले २७४ मतले विजयी
प्रतिक्रिया दिनुहोस