धादिङ ०१ जेष्ठ
स्थानीय तह निर्वाचन अन्तरगत धादिङमा वडा तहको परिणम सार्वजनिक हुन थालेको छ । हालसम्म १३ वडाको मत सार्वजनिक भएको हो ।
अन्तिम मत सार्वजनिक भएका पालिकाहरुमा रुविभ्यालीको १ र २, खनियाबासको १ र २, गंगाजमुनाको १, बेनिघाट रोराङको १,२ र ३, गल्छीको १ र २, धुनिबेसीको १, नेत्रावती डबजोङको १, ज्वालामूखीको १ र नीलकण्ठ नगरपालिकाको वडा नं. १ को परिणाम सार्वजनिक भएका छन् ।
जस अनुसार हालसम्म नेपाली कांग्रेसले रुविभ्याली १, बेनिघाट रोराङ १ र नेत्रावती १ गरी ३ वडामा विजय हासिल गरेको छ भने नेकपा एमालले गल्छी १ र २, ज्वालामूखी १ गरी ३ वडामा जित निकालेको छ यस्तै नेकपा( माओवादी केन्द्र) गंगाजमुना १, बेनिघाट २, धुनिबेसी १ र नीलकण्ठ १ गरी ४ वडामा विजयी भएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले खनियाबास १ र २ गरी २ वडामा जित निकालेको छ । त्यस्तै, सिद्धलेक १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका पेमा लामा वडा अध्यक्षमा बिजयी भएका छन् ।
हालसम्म विजयी भएका उम्मेद्वारहरु
रुविभ्याली गाउँपालिका
वडा नम्बर १ मा नेपाली कांग्रेसका ३५३ मत ल्याएर पम्बर तामाङ विजयी
वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा(एकिकृत समाजवादी)का रुप घले २७४ मतले विजयी
खनियाबास गाउँपालिका
वडा नम्बर १ मा राप्रपाका सोनम तामाङ अत्याधिक मत सहित विजयी
वडा नं. २ मा राप्रपाका अरुण कुमार पाख्रिन ४१४ मत ल्याई विजयी
गंगाजमुना गाउँपालिका
वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का बहादुर सिं लामा ५५३ मत ल्याई विजयी
बेनिघाट रोराङ गाउँपालिका
वडा नम्बर १ मा नेपाली कांग्रेसका जीवन सिंह तामाङ ५ सय ३४ मत ल्याएर विजयी
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल १०३२ मत ल्याई विजयी
गल्छी गाउँपालिका
वडा नम्बर १ मा यदुकुमार खतिवडा ११३५ मत ल्याएर विजयी
वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल १०४७ मत ल्याई विजयी
धुनिबेसी नगरपालिका
वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का मान बहादुर तामाङ १०५१ मत ल्याई विजयी
नेत्रावती डबजोङ
वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ ६०३ मत ल्याई विजयी
ज्वालामूखी गाउँपालिका
वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी ५०१ मत ल्याई विजयी
नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ ६५५ मत ल्याई विजयी
प्रतिक्रिया दिनुहोस