धादिङ ३१ वैशाख
स्थानिय तहको सदस्य चयनका लागि धादिङमा भएको २ लाख ६८ हजार ४ सय ७२ मतदाता मध्ये करिब ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ ।
जसमध्ये निलकण्ठ नगरपालिकामा ३० हजार ५ सय ६९ मत खसेको छ ।
नीलकण्ठ नगरपालिका
नगरपालिकाको वडा नं १ मा १ हजार ३ सय ३६ मत खस्दा वडा नं २ मा २ हजार ७ सय ४५, वडा नं ३ मा २ हजार ८ सय ४१, वडा नं ४ मा १ हजार ९ सय ३५, वडा नं ५ मा २ हजार ७ सय ८८, वडा नं ६ मा १ हजार ७ सय ३० र वडा नं ७ मा २ हजार ३ सय २१ मत खसेको छ । त्यस्तै वडा नं ८ मा २ हजार २ सय ८८, वडा नं ९ मा २ हजार ३ सय ८९, वडा नं १० मा १ हजार ७ सय ५६, वडा नं ११ मा २ हजार ३ सय २२, वडा नं १२ मा १ हजार ९ सय ३५ वडा नं १३ मा १ हजार ६ सय ११ र वडा नं १४ मा २ हजार ५ सय ७२ मत खसेको छ ।
धुनिवेशी नगरपालिका
वडा नं १ मा २ हजार १ सय ४८, वडा नं २ मा २ हजार ४ सय ४३, वडा नं ३ मा १ हजार ६ सय ३४ वडा नं ५ मा २ हजार ६५, वडा नं ६ मा १ हजार ६ सय ३०, वडा नं ७ मा २ हजार २ सय ९३, वडा नं ८ मा २ हजार २ सय १ र वडा नं ९ मा गरी २ हजार ६ सय ६ गरी १९ हजार १ सय २३ मत खसेको छ ।
नेत्रावती डबजोङ गाउँपालिका
वडा नं १ मा १ हजार ३ सय ७८, वडा नं २ मा १ हजार १ सय ७२, वडा नं ३ मा १ हजार ६ सय २४, वडा नं ४ मा १ हजार ६ सय ८२ र वडा नं ५ मा १ हजार ६ सय ३९ मत खसेको छ ।
सिद्धलेक गाउँपालिका
वडा नम्बर १ मा २ हजार २ सय ११,वडा नम्बर २ मा २ हजार ७ सय ५४, वडा नम्बर ३ मा १ हजार ८ सय ७८, वडा नम्बर ४ मा १ हजार ८ सय ३३ मत खसेको हो । त्यस्तै वडा नम्बर ५ मा १ हजार ७ सय २०, वडा नम्बर ६ मा १ हजार ८ सय ७८ र वडा नम्बर ७ मा २ हजार ३ सय ९७ मत खसेको छ ।
खनियाबास गाउँपालिका
गाउँपालिकाको वडा नं १ मा ८ सय २६, वडा नं २ मा १ हजार १ सय ४३, वडा नं ३ मा १ हजार ६ सय ४४, वडा नं ४ मा १ हजार १ सय ९३ र वडा नं ५ मा १ हजार ५ सय ७५ मत खसेको छ ।
रुबीभ्याली गाउँपालिका
गाउँपालिकाको वडा नं मा ८ सय ४३, वडा नं २ मा ७ सय २२, वडा नं ३ मा १ हजार ३ सय १६, वडा नं ४ मा ७ सय ३२, वडा नं ४ मा ३ सय ६६, वडा नं ५ मा १ हजार ६ सय ३९, वडा नं ६ मा ३ सय ६० र वडा नं ७ मा २ सय ९२ मत खसेको छ ।
वेनिघाट रोराङ गाउँपालिका
वडा नं १ मा १ हजार १ सय ४७, वडा नं २ मा २ हजार ७४, वडा नं ३ मा १ हजार ८ सय ७७ र वडा नं ४ मा १ हजार ४ सय ४१ मत खसेको छ । त्यस्तै वडा नं ५ मा १ हजार ९ सय ५६, वडा नं ६ मा १ हजार २ सय ११, वडा नं ७ मा १ हजार ३ सय ४२, वडा नं ८ मा १ हजार १ सय १७, वडा नं ९ मा १ हजार ६ सय ८४ र वडा नं १० मा २ हजार १ सय १८ मत खसेको छ ।
गल्छी गाउँपालिका
२० हजार ६ सय ५२ मतदाता रहेको गल्छी गाउँपालिकामा १५ हजार ७ सय ७१ मत खसेको छ । जसअनुसार वडा नम्वर १ मा २ हजार २ सय ८७, वडा नम्बर २ मा २ हजार १ सय ४७, वडा नम्वर ३ मा १ हजार २ सय ९६, वडा नं ४ मा २ हजार २ सय १६ , वडा नम्बर ५ मा १ हजार ८ सय ५०, नम्बर ६ मा १ हजार ७ सय ६९, वडा नम्बर ७ मा १ हजार ९ सय ४४ र वडा नम्बर ८ मा २ हजार २ सय ६२ मत खसेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका
२० हजार २ सय २ मत रहेको त्रिपुरासुन्दरी गाउँपालिकामा १३ हजार ७ सय ७५ मत खसेको छ । जसमा रानीपौवामा २ हजार ४ सय ८६ मत, बेल गाउँमा २ हजार ७ सय १६ मत, महेन्द्रमावि मुलपानीमा १ हजार ६ सय ३४ मत, कार्की गाउँ मावि सल्यानकोटमा १ हजार ७ सय ११ मत, त्रिपुरासुन्दरी मावि मा १ हजार ४ सय ७३ मत, सुन्दरी मावि आगिञ्चोकमा १ हजार ८ मत, भिमोदय मावि गोलाङमा ८ सय ३५ मत र अचने मावि खहरेमा १ हजार ९ सय १२ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस