स्थानीय तहको निर्वाचनमा मतदान गर्ने समय नजिकिँदै गर्दा मतदाताहरूमा निकै उत्साह देखिएको छ ।
भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएकाले मतदातहरू आफ्नो परिचपयपत्र र पहिचान खुल्ने अन्य राष्ट्रिय कागजात तयारी अवस्थामा राख्नमा जुटेका छन् ।
पाँच वर्ष पछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित हुने जनप्रतिनिधिले आगामी ५ वर्षसम्म कार्यकाल सम्हाल्ने छन् ।
पाँच वर्षमा मतदाताले चाहेका सेवा दिने गरी जनप्रतिनिधि छनौट गर्नुपर्ने भएकाले मतदाताहरू यसपटक निकै सोच विचार गरेर मतदानमा सहभागि हुने तयारीमा छन् ।
निर्वाचन आयोगले सबै मतदातालाई आफ्नो परिचय खुल्ने कार्ड लिएर मतदानमा सहभागि हुन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस