धादिङ २९ वैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा झडप हुदा २० जना भन्दा बढी घाइते भएको छ ।
झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउको, दाहिने आँखा लगायत शरिरको विभिन्न ठाउँमा चोट लागेको छ ।
झडपमा परी घाइते हुनेहरुमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
मौन अवधिमा पनि चुनावी प्रचारमा लागेका दुइ पार्टी बिच जंकाभेट हुदा झडप भएको एक स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस