शिक्षा मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा आज ९बुधबार० बसेको बैठकले दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले दुई दिन देशैभरका निजी र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार अहिले केही महिना परीक्षणको लागि लागु गर्ने निर्णय भएको हो ।
मन्त्री परिषद्को बैशाख १४ गते सम्पन्न बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सो निर्णयको हिजो ९मंगलबार० राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस