धादिङ २७ वैशाख
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको स्थानीय तह निर्वाचनका दिन अनुमति प्राप्त र अत्यावश्क बाहेकका सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज (मंगलबार) एक सूचना जारी गर्दै मतदानको दिन अनुमती प्राप्त सवारी साधन, कुटनीतिक निकायका सवारी साधन र अत्यावश्यक सेवाका लागि परिचालन हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु संचालनमा पुर्ण रुपमा रोक लगाइएको जानकारी गराएको छ । सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गरिने सुचनामा भनिएको छ ।
त्यस्तैै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचन सम्बन्धी कार्यमा खटिनुपर्ने भएकोले प्रशासानबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु २७ गतेदेखि २९ गतेसम्मका लागि स्थगन गरिएको सुचना मार्फत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस