धादिङ २७ वैशाख
धादिङमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आज राति १२ बजे मौन अवधिदेखि बैशाख ३१ गते शनिबार दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवनमा रोक लगाइएको हो ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँडरक्सी लगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।
सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारवाही गरिने सुचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस