धादिङ २७ आषाढ
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको डिएस्पि हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला धुनिबेसी नगरपालिकाका वडा नं. २ का राजेन्द्र प्रसाद लुइटेल रहेको प्रहरीले जानकारी दिएको छ । ठगी गरेको आरोप लागेका लुइटेललाई काठमाडौँ सीतापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका १५ बस्दै आएका लुइटेलले चन्द्रागिरी ३ बस्ने विजय तामाङलाई आपू सिआइबिको डिएस्पि भएको र सेक्युरिटी कम्पनी रहेकाले उक्त कम्पनीमा ५ प्रतिशत सेयर हाल्नका लागि पटक पटक रकम माग गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेका लुइटेलको साथबाट नगद १० हजार सहित एक थान रेडियो सेट प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस