स्थानीय तह निर्वाचनका कारण देशभर पेट्रोलियम पदार्थको खपत उच्च दरमा बढेको छ । दलहरुको भड्किलो प्रचार र चुनावी मोटरसाइकल ¥याली लगायतका कारण यही चुनावी माहोलमा नेपालमा इन्धनको खपतको नयाँ रेकर्ड नै राखेको छ ।
पेट्रोल र डिजलमा प्रतिलिटर उच्च् दरमा घाटा खेपिरहेको निगमलाई यसले थप दबाबमा पारेको छ ।चुनावी प्रचार प्रसारका कारण दैनिक पौन ३ अर्ब रुपैयासम्मँ इन्धनमा खर्च भइरहेको नेपाल आयल निगमले जनाएको छ । जुन खपत सामान्य दिनको भन्दा निकै धेरै हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्याय चुनावी प्रचारप्रसार तीव्र हुँदै गर्दा इन्धनको खपतको पनि नयाँ कीर्तिमान बनाएको बनाएको बताउँछन् । १९ वैशाखमा डिजल र पेट्रोलको बिक्रीमा नयाँ रेकर्ड कायम भएको निगमले जनाएको छ । सो दिन एकैदिन १० हजार ४ सय किलोलिटर डिजल र ४ हजार ९१० किलोलिटर पेट्रोल बिक्री भएको थियो, सो दिनमा ४९५ किलोलिटर हवाइ इन्धन पनि ब्रिकी भएको निगमले जनाएको छ ।
१९ वैशाखमा पेट्रोल, डिजल र हवाइ इन्धन मात्रै २ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरैको बिक्रि भएको थियो । निगमका अनुसार यो महिना सामान्य खपतमै निगमलाई १० अर्ब १८ करोड घाटा लाग्ने प्रक्षेपण गरिएको छ । तर, निर्वाचनका गतिविधिले बढेको इन्धन खपतले थप चिन्तित बनाएको प्रवक्ता उपाध्ययले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस