धादिङ २५ वैशाख
नेकपा(माओवादी केन्द्र) ज्वालामूखीले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
सुशासन र संस्थागत विकास, आर्थिक विकास, समाजिक विकास, पूर्वाधार विकास र वातावरण संरक्षण तथा संबद्र्धन लगायतका महत्त्वपूर्ण विषयवस्तलाई समेटेर तयार पारिएको प्रतिबद्धता पत्रमा ५ खम्बे विकासे अवधारणलाई अबलम्बन गर्दै नागरिकहरुको व्यापक सहभागितामा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ ।
स्थानीय तह निर्वाचनको लागि नेकपा(माओवादी केन्द्र)बाट गाउँपालिका उपाध्यक्षमा लक्ष्मी थापामगरले उम्मेद्वारी दिनुभएको छ । जनयुद्धका महान् शहिद सोम बहादुर थापामगरकी धर्मपत्नी एवं आफै पनि जनयुद्धको एक कुशल योद्धा लक्ष्मी थापा लामो समय माओवादी आन्दोलनमा सहभागी महिला नेतृ हुन् ।
यस्तै माओवादी केन्द्रले गाउँपालिकाको ७ वटै वडामा आफ्नो उम्मेद्वारी दिएको छ । जस अनुसार वडा नं. १ कृष्ण कट्टेल, २ मा अर्जुन शाही ठकुरी ३ मा नन्दलाल श्रेष्ठ, ४ मा भरत गुरुङ, ५ मा भिम तामाङ, ६ मा अमृत कुमार श्रेष्ठ र ७ मा गुरु प्रसाद खकुराल वडा अध्यक्षको उम्मेद्वार हुन् ।
यस्तो छ प्रतिबद्धताः
प्रतिक्रिया दिनुहोस